सरकारले ईपीजीको विषयमा प्रष्ट पार्नुपर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन’ विषयक संवादमा उनले सरकारले धारणा प्रष्ट बनाउन कति समय लाग्ने हो भन्नेकुरा तोकेर भन्न सक्नुपर्ने बताए । उनले नेपाल–भारत सम्बन्धलाई अपडेट गर्नका लागि ईपीजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

ज्ञवालीले नेपाल–भारतको बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराको आधार ईपीजीको प्रतिवेदनले दिएको बताए । ‘२१औँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताएको छ । नयाँ ढंगले नबढिकन हामी गन्तव्यमा पुग्न सक्दैनौँ । भारत नेपालमा नियन्त्रित अस्थिरता चाहन्छ भनिएको छ,’ उनले भने, ‘इतिहासले बोकाइदिएका केही बोझहरू छन्, सन् १९५० को सन्धि छ । सीमाका समस्याहरू छन् । अहिलेको सरकार दोषी छैन होला । तर, यो समस्या समाधान नगरिकन सम्बन्ध राम्रो भयो भन्न सक्दैन । पारवहनमा पछिल्लो समय प्रगति भने भएको छ । अहिले चाहिँ सरकारले ईपीजी सम्बन्धी दृष्टिकोण के हो भनेर भारतलाई प्रष्ट भन्नुपर्‍यो । समय चाहिएको हो भने कति समय चाहिएको हो तोकेर भन्नुपर्‍यो । त्यसपछाडि हामी अगाडि बढ्नुपर्छ ।’

ज्ञवालीले सन् १९५० को सन्धि, सीमा समस्यामा वर्तमान सरकार दोषी नभए पनि समस्या समाधान गर्न सक्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार २१:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया