logo-img

नाइजेरियालाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

जारी महिला विश्वकप फुटबलमा नाइजेरियालाई हराउँदै इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा तय गरेको छ। सोमबारको खेलमा नाइजेरिया र इंग्ल्यान्डबीच निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएको थियो । 

पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले ४–२ ले खेल आफ्नो पक्षमा पारेको हो । जितससँगै इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाएको छ । 

इंग्ल्यान्डले पहिलो पेनाल्टी मिस गरे पनि त्यसपछिका सबै पेनाल्टी सदुपयोग गर्‍यो। नाइजेरियाले सुरुवाती लगातार दुई पेनाल्टीमा गोल गर्न चुकेपछि उसको क्वार्टरफाइनल सपना समाप्त भयो।

दोस्रो हाफको अन्तिम समयमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो। इंग्ल्यान्डका लाउरेन जेम्स रातो कार्ड पाउँदै ८७ औँ मिनेटमा मैदानबाट बाहिरिँदा त्यसपछि निर्धारित र अतिरिक्त समय इंग्ल्यान्ड दबाबमा थियो। भिएआरको सहायतामा उनलाई रातो कार्ड दिएको थियो।

इंग्ल्यान्डको यो विश्वकपमा अन्तिम १६ मा तेस्रो जित हो। अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेश भिडन्तमा जमैका र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १७:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया