logo-img

गणतन्त्र त ल्याइयो, तर जनतालाई साथ दिन सकेनौँ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्र ल्याए पनि जनतालाई साथ दिन नसकेको स्वीकार गरेका छन् । 

सोमबार काठमाडांैमा आयोजित भू–राजनीतिले नेपालमा पार्ने प्रभाव नयाँ पुस्ताको आगामी कार्यभार विषयक नयाँ पुस्ताको खुल्ला बहस कार्यक्रम डा. भट्टराईले देश बलियो नबने गणतन्त्र, राष्ट्रियता केही पनि नरहने बताए । 

उनले भने, ‘लोकतन्त्र गणतन्त्र त ल्याइयो, तर जनतालाई साथ दिन सकिएन । हिमाल पहाड तराईका मानिसलाई जोड्ने काम भएन, मुख्य रूपमा आर्थिक विकास र समृद्धिले सबै नयाँ पुस्तालाई यहाँ एउटा सपना पूरा गर्न सकिन्छ भन्ने देखाउन सकिएन भने देश बलियो रहँदैन, यसले न गणतन्त्र रहन्छ न राष्ट्रियता रहन्छ ।’ 

डाक्टर भट्टराईले देश छोडेर विदेश जाने युवाहरुको लहर एकदमै डरलाग्दो रहेको बताए । यस्तो बेला राजनीतिको प्रश्न गम्भीर भएर आउने उनको अनुमान छ ।

 





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार २१:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया