logo-img

समुद्री तटको सुरक्षाका लागि स्पेनले उडायो ड्रोन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनले समुद्री तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ ।   

जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनले केही भागहरूमा यसरी ड्रोनहरू तैनाथ गरिएको हो ।

स्पेनको समुद्र तटहरू विश्वव्यापी ख्याती कमाएका पर्यटकीय गन्तव्य हुन् । यी समुद्री तटबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ ।  

स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतको लागि, उच्च–रिजोल्युसन भएका क्यामेराहरू र मल्टिस्पेक्ट्रल सेन्सरहरूले जडान गरिएका ड्रोनहरू उडाउन थालेको छ । यी ड्रोनहरुले बालुवाको मात्रा अनुगमन गर्न, डेटा सङ्कलन गर्न, र समुद्र तटहरूलाई पुनर्जीवीत गर्ने उपायहरू ट्रयाक गर्न सूचना संकलन गर्दछन् । 

स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको कालाफेल शहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूको लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ ।

स्थानीय टिब्बा प्रणालीलाई पुनः उत्पन्न गर्न र शहरको ४२ किलोमिटर समुद्र तटहरूलाई खराब मौसमबाट बचाउन क्यालाफेलमा ड्रोनहरू प्रयोग भइरहेका छन् । 



क्यालाफेलका शहरी इकोलोजी काउन्सिलर आरोन मार्कोसले समुद्री तटहरूमा पहिले नै उल्लेखनीय सुधार गरेकोले समुद्री आँधी र छाल रोक्न सक्ने बताए ।  

मार्कोसले ड्रोनले समुद्री किनारमा हुने बदलावको निरन्तर अनुगमन गर्ने र डाटा संकलन गर्ने भएकोले काम गर्न सजिलो भएको बताए । यो परियोजना सन् २०२५ सम्म जारी रहनेछ । –सिन्ह्वा   



  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १३:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया