एमालेले संसदमा अवरोध जारी राख्ने

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध गरेको छ। 

एमालेले आज पनि बैठक अवरुद्ध गरेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीका सम्बन्धमा सदनमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठक अवरुद्ध गरेको हो। 

गृहमन्त्रीको जवाफलगत्तै एमाले सचेतक महेशकुमार बर्तौलाले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नसक्ने बताए। 

एमालेको अवरोधपछि प्रतिनिधिसभाको अर्को बैठक यही साउन २४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार १९:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया