प्रधानमन्त्री दाहालको दाबी- कोशी प्रदेशको नाम किरात प्रदेश प्रस्ताव गर्दा कसैले मानेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूबाहेक सबै दल र नेता आदिवासी, जनजाति र पहिचान पक्षधरको विरुद्धमा रहेको ठोकुवा गरेका छन्।

२९ औँ आदिवासी दिवसमा अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मात्रै आदिवासी, जनजाति र पहिचानको पक्षमा रहेको दाबी गरे । 

प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम किरात प्रदेश प्रस्ताव गर्दा कसैले नमानेको समेत बताए । ‘पहिचानवादीहरूको पक्षमा पटक पटक आवाज उठाउँदा अन्य दलहरूले समर्थन गर्दैनन्,’ उनले भने, ‘मैले कोशी प्रदेशको नाम पनि किरात प्रदेश राख्ने प्रस्ताव गरे पनि अरू दलले समर्थन गरेनन्।’

त्यस्तै आगामी २०८४ सालको चुनावमा सबै पहिचानवादीका पक्षधरले चुनाव जित्नुपर्ने समेत उनको तर्क छ । त्यस्तै उनले अधिवक्ता शीतल पाण्डेको अभिव्यक्तिविरुद्धको आदिवासी जनजातिको प्रदर्शनमा प्रहरी प्रशासनले निर्ममता प्रदर्शन गरेकोसमेत स्वीकार गर्दै त्यसमा निष्पक्ष छानबिन हुने आश्वासन दिए ।





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १८:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया