भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भोजपुर  विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज  शिलान्यास गरेका छन् ।

जिल्लाको एक मात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित ५ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ । 

करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिनाभित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ । यात्रुको चाप बढेको अवस्थामा सय यात्रुले सहज रुपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल वि.स ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो । पाँच सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ ।



यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौं उडान भर्दै आएको छ ।  



  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार १५:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया