logo-img

सन ह्युङ-मिन टोटनहमको कप्तानमा नियुक्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इंंग्लिस क्लब टोटनहमले दक्षिण कोरियाका फरवार्ड सन ह्युङ-मिनलाई नयाँ कप्तानमा नियुक्त गरेको छ । नियमित कप्तान ह्युगो लोरिस तथा उपकप्तान ह्यारी केन क्लबबाट बाहिरिएपछि टोटनहमले मिनलाई कप्तानमा नियुक्त गरेको हो ।     

सन् २०१५ मा जर्मन क्लब बायर लिभरकुसेनबाट टोटनहम भित्रिएका मिनले प्रिमियर लिग २ सय ६८ खेलमा १ सय ३ गोल गरेका छन् । 

लोरिस हाल क्लबविहीन रहँदा केन जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । यस्तै, टोटनहमले इंग्लिस मिडफिल्डर जेम्स म्याडिसन र अर्जेन्टाइन रक्षक क्रिस्टियन रोमेरोलाई उपकप्तानमा नियुक्त गरेको छ । 





  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार ९:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया