logo-img

हसरंगाले २६ वर्षमै टेस्ट क्रिकेटलाई गरे अलबिदा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् । उनले २६ वर्षको उमेरमै टेस्ट क्रिकेटबाट संन्यास लिएका हुन् ।

हसरंगाले एकदिवसीय र टी–२० मा क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट संन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । उनले टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय प्रारूपमा भने निरन्तर खेल्नेछन् ।  

हसरंगाले सन् २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । हसरंगाले पछिल्लोपटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेलेका थिए ।  

उनले ४८ ओडिआई खेलमा ६७ विकेट र ४ अर्धशतकसहित ८३२ रन बनाएका छन् । त्यस्तै, हसरंगाले ५८ टी–२० खेलमा ९१ विकेट लिनुका साथै ५३३ रन बनाएका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १२:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया