एएफसी कप छनोट
मोहन बगानलाई स्तब्ध पार्दै प्लेअफ पुग्ने दाउमा मछिन्द्र

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालको  ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप छनोटअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इण्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानको सामना गर्दैछ ।

मछिन्द्र र मोहन बगानबीचको खेल कोलकाताको साल्टलेक स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई ३–२ ले हराउँदै नेपालले मोहन बगानसँगको भेट पक्का गरेको थियो । 

ऊ आज पनि जित निकाल्दै प्लेअफमा पुग्ने रणनीतिमा छ । यद्यपि घरेलु टोली मोहन बगानलाई हराउन नेपाललाई सहज भने छैन ।

आजको खेल जित्ने टिमले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगलमध्ये एक टोलीसँग प्लेअफ खेल्नेछ । दक्षिण एसियाली क्षेत्रको प्लेअफ जित्ने एक टोली एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ८:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया