logo-img

स्मृति दिवस मनाउन दोरम्बा गए प्रधानमन्त्री दाहाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रामेछापको दोरम्बा गएका छन् । दोरम्बा स्मृति दिवस र पार्टीका अन्य गतिविधिमा सरिक हुन दाहाल आज रामेछाप गएको उनको सचिवालयले जनाएको छ । 

तत्कालीन सरकार र नेकपा (माओवादी) बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो । 

दोस्रो युद्धविरामकै समयमा ३२ साउनमा रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामार को हत्या गरेको थियो । सोही दिनको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ ।

प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा पनि सहभागी हुने बताइएको छ । 
 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १२:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया