logo-img

उच्च अदालतको आदेश : टेकनारायणसहित १० जनाको पुनरावलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्नू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उच्च अदालतले, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्न आदेश दिएको छ । 

उच्चअदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइपछि बाँकी प्रतिवादीहरुले पनि जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकैपटक पेस गर्न आदेश दिएको हो । 

बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दशैजनाको अर्को पेसी एकैपटक पेस गर्न आदेश दिएको हो ।
उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीले समेत मुद्दा पुनरावलोकनका लागि निवेदन दिएका थिए । 
 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १८:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया