logo-img

लाओसमा डेंगुबाट संक्रमितको संख्या २१ हजार, १४ जनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लाओसमा डेंगु ज्वरोका घटनामा जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ  ।  ती संक्तमित मध्ये १४ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा संक्रमण देखिएको पाइएको छ । 

यसैगरी, डेंगुका कारण बोलिखाम्क्से प्रान्तमा पाँच, सवान्नाखेत र लाओको राजधानी भेन्टियानमा दुई–दुई र ओडोम्क्से, खम्मुवान, जायाबोरी, अटापेउ र भेन्टियाने प्रान्तमा एक–एक गरी १४ जनाको मृत्यु भएको जानकारी गराइएको छ ।

विशेष गरी वर्षाको मौसममा डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँमा बस्ने गरेको पाइएको छ । 

लाओसको स्वास्थ्य मन्त्रालयले देशव्यापी रूपमा सतर्कता अपनाउन आग्रह गरेको छ ।  स्वास्थ्य अधिकारी र चिकित्सक परिचालित गरिएका छन् ।





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २२:३१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया