logo-img

शनिबार काठमाडौंका ५२ स्थानमा पाँच घण्टा विद्युत अवरुद्ध हुने
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब पाँच घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ । निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ पनि प्राधिकरणले जानकारी गराएको छ ।

विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरूमा सीतापाइला फिडर अन्तरगत बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स, अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री, इचंगुनारायण मन्दिर रहेको छ । 

यस्तै, बाफल फिडर अन्तरगत बाफल, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू सानो भर्याङ, बारुदखानालगायत ५४ स्थानहरू रहेका छन् ।


 





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार ९:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया