सनवे कलेजले सुरु गर्‍यो स्नातक डिग्रीसहित छोटो अवधिको ‘Data Science and AI’ कोर्स

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंस्थित सनवे कलेजले नेपालमा Data Science and Artificial Intelligence (डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स)​ मा स्नातक डिग्रीसहित छोटो अवधिको Professional certification and Bachelor's programmes काे सुरुवात गरेको छ ।

सनवेले नेपालमा एआई लिडर सिर्जना गर्ने भिजनका साथ, डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्समा स्नातक डिग्रीको साथमा छोटो अवधिको व्यावसायिक प्रमाणीकरण पाठ्यक्रम सुरु गरेको हो । यस कोर्सले देशभित्र र देशबाहिर पनि आईटीमा Data Science र Artificial Intelligence जनशक्तिको शून्यतालाई भर्न मद्दत पुग्ने कलेजको विश्वास छ । 

सनवेले बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीसँग शैक्षिक साझेदारीमा बीएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्सको डिग्री प्रदान गर्दछ । टाइम्स हायर एजुकेसन वर्ल्ड र्याङ्किङ–२०२३ अनुसार विश्वव्यापीरूपमा ५०१/६०० स्थानमा छ । यो स्नातक डिग्री एक वर्षको प्रोफेशनल प्लेसमेन्टसहित ४ वर्ष अवधिको हुन्छ । 

‘आज संसार भर्चुअल भएको छ र आईटी रोजगारी विश्वव्यापीरूपमा फस्टाउँदैछ । नेपालका विद्यार्थीलाई आफ्नो देशमा बसेर अन्तर्राष्ट्रिय कम्पनीहरूमा काम गर्ने अवसर छ । डाटा साइन्स र एआई विश्वव्यापीरूपमा व्यापक रोजगारीका क्षेत्रहरू हुन् । यो रोजगारीका लागि तयार हुने पाठ्यक्रम हो जसले सीप भएका व्यक्तिलाई ठूला करियरका अवसरहरूका लागि सशक्त बनाउँछ,’ सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठ भन्छन्, ‘Data Science and AI स्थानीय र विश्वव्यापी रूपमा सबैभन्दा धेरै रुचाइएका क्षेत्रहरूमध्ये एक हो । काठमाडौंमा एक सयभन्दा बढी स्थापित र उदीयमान आईटी कम्पनीहरू छन्, जसले Data Science and Artificial Intelligence मा काम गर्दछ, यसले स्नातकहरूको उच्च माग र रोजगारीका लागि मद्दत गर्दछ ।’  

सनवे कलेजको नेपालका धेरै आईटी कम्पनीसँग व्यावसायिक सम्बन्ध छ । सनवेले आफ्नो पाठ्यक्रम उनीहरूका विशेषज्ञ सल्लाहकारको साझेदारीमा डिजाइन गरेको जनाएको छ । यसबाट विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेपछि आईटी कम्पनीमा रहेर आफ्नो दक्षता देखाउन सहजता महसुस गर्नेछन् । 

२८ मे २०२३ देखि सनवेले आफ्नो वेबसाइट र विभिन्न सामाजिक सञ्जालमार्फत ३ हजारभन्दा बढी आवेदन प्राप्त गरी १ हजार ६१ जना प्लस–२ र स्नातक तहका विद्यार्थीलाई १२ समूहहरूमा Data Science and Artificial Intelligence सम्बन्धी निःशुल्क सत्रहरू उपलब्ध गराएको छ ।  



बजारको यो ठूलो मागलाई सम्बोधन गर्दै सनवे कलेजले एनसीसी एजुकेशन, युके (युके कलेज)सँगको सहकार्यमा बिबिए, बिबिएस, बिए र बिएसडब्ल्युजस्ता गैर आइटी स्ट्रिमका विद्यार्थीका लागि आफ्नो पेसालाई आईटीमा परिवर्तन गर्न चाहनेहरूका लागि व्यावसायिक पाठ्यक्रम पनि ल्याएको छ । 

सनवे कलेजकी सञ्चालक प्रमुख सिमोली देसाई भन्छिन्, ‘हामीले विद्यार्थीबाट धेरै आवेदनहरू प्राप्त गरेका छौँ । जो आईटीमा आफ्नो करियर बदल्न चाहन्छन् र हामी तिनीहरूलाई उनीहरूको सपना पूरा भएको हेर्न चाहन्छौं । साथै बिआइएम, बिआईटी, बिसिए, बिएस्सी अध्ययन गरिरहेका वा पूरा गरेका विद्यार्थीहरू सिएसआईटीले पनि आफ्नो करियरमा थप व्यावसायिक सीपहरू थप्न यी पाठ्यक्रमहरूमा सामेल हुन सक्छन् ।’  



पाठ्क्रमबारे युके कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर शंकर श्रेष्ठले यो कोर्स कुनै पनि शैक्षिक पृष्ठभूमिका विद्यार्थीले सुरु गर्न सक्ने बताए ।   

‘नेपालका १५ भन्दा बढी शैक्षिक संस्थाहरूसँग एनसीसी युके प्रमाणीकरण पाठ्यक्रमहरूको सफल कार्यान्वयनसँगै, हामीले सनवे कलेजसँग २ वटा पाठ्यक्रमहरू डाटा एनलाइसिस विथ पाइथन, जुन २ महिना अवधिको इन्टरमिडिएट स्तरको पाठ्यक्रम हो र कुनै पनि शैक्षिक पृष्ठभूमिका विद्यार्थीले   सुरु गर्न सक्छ,’ उनले भने, ‘Advanced Data Science and Artificial Intelligence ३ महिना अवधिको हुने र सोका उम्मेदवारहरूको छनोट उनीहरूको पूर्व ज्ञान स्तरको विश्लेषण गर्न एक व्यापक परीक्षणको माध्यमबाट हुनेछ ।’ 

एसएसआरसीका अध्यक्ष उदीतकुमार महतो विद्यार्थीलाई प्रदान गरिएको छात्रवृतिका कारण पनि समुदायमा पनि यस कोर्सप्रति सकारात्मक धारणा विकास भइरहेको बताउँछन् ।  

‘सनवे विद्यार्थी प्रतिनिधि परिषद् (एसएसआरसी) ले भर्खरै डाटा फेलोसिप २०२३ को लागि डाटा क्याम्प डोनेट्ससँग सहकार्य गरेको छ । जसअन्तर्गत २० विद्यार्थीलाई प्रत्येक ६० हजार रुपैयाँ बराबरको स्कलरसिप एकाउन्ट प्रदान गरेको छ,’ उनले भने, ‘यसले एक समर्पित डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स समुदायमा आशाजनक पहुँच खोल्छ जसले सिकाइको इकोसिस्टम र एक/एक मेन्टरसिपलाई बढावा दिन्छ ।’ 

सनवे कलेज यस पाठ्यक्रमले शिक्षा र आईटी क्षेत्रबीचको खाडललाई कम गर्नेमा आशावादी रहेको छ ।  

‘यी दुवै शैक्षिक र व्यावसायिक पाठ्यक्रमहरू संरचित छन् र लेक्चर–ट्यूटोरियल–वर्कशप निर्देशनात्मक ढाँचामार्फत ह्यान्ड्स–अन प्रशिक्षणको साथ डेलिभर गरिनेछ जुन डाटा विज्ञान र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा शिक्षा र आईटी क्षेत्रबीचको खाडललाई कम गर्ने लक्ष्य राख्दछ,’ सनवेका पाठ्यक्रम निर्देशक रूपक कोइरालाले भने, ‘इन्टरमिडिएट तहको पाठ्यक्रम पूरा गरेपछि, विद्यार्थीले डाटा एनलिस्ट/बिजनेस एनलिस्टको रूपमा काम गर्न सक्छन् र उन्नत स्तरको पाठ्यक्रम पूरा गरेपछि विद्यार्थीले डाटा इन्जिनियर वा मेसिन लर्निङ इन्जिनियर अथवा डाटा साइन्टिस्टका लागि खुलेका पदहरूमा आवेदन दिन सक्छन् ।’

यस्तै, सनवेको सुरु गरेको नयाँ पाठ्यक्रमले नेपालमा पर्याप्त रोजगारीका अवसर पनि सिर्जना गर्नेमा कलेज विश्वस्त छ ।  

‘सफ्टेड ग्रुपका कलेजहरू सनवे कलेज र सफ्टवेरिका कलेजले यी पाठ्यक्रमहरूको अनुसन्धान र विकासमा संयुक्तरूपमा काम गरिरहेका छन् । सँगै आईटी, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स र साइबर सेक्युरिटीको क्षेत्रमा भएको प्रगतिसँग अद्यावधिक रहन्छन्, ‘सफ्टेड ग्रुपका निर्देशक प्रमोद पौडेल भन्छन्, ‘हामी विश्वस्त छौँ कि यी पाठ्यक्रमहरूले स्नातकहरूलाई विशेष सीपहरू बढाउन मद्दत गर्नेछ, जसले नेपालमा उच्च तलबको रोजगारीका अवसरहरू बढाउन अवसरको ढोका खोल्न सहयोग पुर्याउन सक्छ ।’

कलेजले दुवै पाठ्यक्रमका लागि विद्यार्थीलाई छात्रवृत्तिको अवसर पनि प्रदान गरेको छ ।  

  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १८:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया