logo-img

विषालु च्याउ खाँदा आमा-छोरीको मृत्यु, श्रीमानको अवस्था गम्भीर
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । २९ साउनमा साँझ बंगलाचुली गाउँपालिका–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाँदा सोही वडाको मैकुटीनिवासी आमाछोरीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनार रहेका छन् । आमा ईश्वरीको शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र छोरी अस्मिताको बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार च्याउ खाँदा ईश्वरीका श्रीमान् अजय गम्भीर विरामी छन् ।   





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १९:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया