कोशी प्रदेशसभा : अर्थसम्बन्धी अध्यादेश सर्वसम्मत पारित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेस गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन् । सो अवसरमा मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा सङ्कल्प लिनुपर्ने धारणा राखे । 

बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद केदार कार्कीले मोरङको सुन्दर हरैचाबाट सुरु भएको लम्पी स्कीन सङ्क्रमणबाट प्रदेशमा दुई लाख ८१ हजार पशु प्रभावित भई नौ हजार ३ सय ९७ पशु मरेको जानकारी गराए ।

उनले सुनसरीको प्रमुख शहर धरान उपमहानगरपालिकामा देखिएको डेङ्गुुले विकराल रुप लिएकाले यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । कार्कीले सङ्खुवासभा, ताप्लेजुङ र भोजपुरमा अविरल वर्षाका कारण भएको जनधन क्षतिप्रति सरकार र प्रदेशसभा जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर मगरले समस्यामा परेका जनतालाई राहत दिन सरकारको क्षमता हराएको उल्लेख गर्दै बाढीपहिराेबाट समस्यामा परेका जनतालाई राहत दिन सरकार गम्भीर नभएको टिप्पणी गरे ।





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार २०:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया