समाजवादी मोर्चाको बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?
फाइल तस्बिर

समाजवादी मोर्चाको बैठक आज बस्दैछ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आज साँझ बस्ने बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधिको विषयमा छलफल गर्नेछन् । 

यस्तै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।

मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् । 





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ६:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया