प्रधानमन्त्रीले आज पनि दलहरूसँग छलफल गर्दै, जुट्ला सहमति ?

संघीय संसदको जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पनि संसदमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

आइतबार पनि प्रमुखदलहरूसँग छलफल गरेका उनले बैठक सकारात्मक भएको जनाउँदै सोमबार सहमतिमा पुग्ने बताएका थिए । बैठकमा सहभागी नेताहरूले पनि छलफल सकारात्मक भएको जनाएका थिए । उनीहरूले सोमबार पुनः बस्ने बैठकमा संसद सुचारु गर्नेमा सहमतिमा पुग्न सकिने धारणा राखेका थिए । 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने सकारात्मकता देखिएको बताए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सञ्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्ने प्रयास हुने बताए ।  

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले १० साउनदेखि संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।

संसद सुचारु नभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत चिन्ता व्यक्त गर्दै राजनीतिक दलका नेताहरूको बैठक मंगलबार बिहान साढे ८ बजे शीतल निवासमा बोलाएका छन् । 
 





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १०:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया