समाजवादउन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलले बहस गर्न जरुरी : प्रदीप ज्ञवाली

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादउन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलले बहस गर्न जरुरी रहेको बताएका छन् । स्कुल अफ डेमोक्रेसीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवादउन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताए । 

उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदीप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे । नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरिले दिएको अभिव्यक्ति, लेख नेपालको समाजवादउन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्गनिर्देशक हुनेसमेत बताए । 

उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरिको असाध्यै आदर्शवान् व्यक्तित्व रहेको बताए । ‘प्रदीप गिरि  मरुभूमिमा कोयासिसजस्तै एउटा नमुना हुनुहुन्थ्यो । उहाँ आफू कहिल्यै नेतृत्वमा जानुभएन । नेतृत्व गर्न चाहनुभएन ।’

उपमहासचिव ज्ञवालीले प्रदीप गिरिको आर्दश र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबीसमेत गरे । 





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १६:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया