सिंहदरबारमा सर्वदलीय बैठक : ओली सहभागी, माधव नेपाल र बाबुरामलाई बोलाइएन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेता सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी छन् ।

यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठकमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । उक्त बैठक विनानिष्कर्ष सकिएको थियो । सोमबारको बैठकमा भने अध्यक्ष ओली नै सहभागी भएका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेसपा भने राष्ट्रिय मान्यता प्राप्त दल नभएका कारण उनीहरुलाई बैठकमा सहभागी गराइएको छैन । बैठक संसदको अवरोध खुलाउने विषयमा केन्द्रित रहेको छ ।





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार २१:३४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया