राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बस्दै

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे शीतलनिवासमा​ बस्न लागेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । सुन तस्करी प्रकरणका कारण अवरुद्ध संसद् खुलाउने पहलका लागि राष्ट्रपतिले बैठक बोलाएका हुन् । यद्यपि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताबीच सुन तस्करी प्रकरणको छानबिनका लागि समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति भइसकेको छ । 

यस्तै, शीर्ष नेताहरूबीचको बैठकमा सदन खुलाउने विषयमा पनि सहमति भएको छ । एक महिनादेखि संसदमा जारी अवरोध हटाउन राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै छलफल गरेका थिए । 

यस्तै, उनले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायतसँग पनि परामर्श गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार ७:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया