logo-img

बुधबार काठमाडौंमा ‘भाेकेस्नल एजुकेसन एन्ड इट्स फ्युचर’ कार्यक्रम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

व्यावसायिक शिक्षाको वर्तमान अवस्था र यसको भविष्यका विषयमा जानकारी दिने उद्देश्यले बुधबार काठमाडौंमा  ‘भाेकेस्नल एजुकेसन एन्ड इट्स फ्युचर’ कार्यक्रम हुने भएको छ । 

एलसिसिआई ग्लोबल क्वालिफिकेसन्स् नेपाल र स्कटिस क्वालिफिकेसन्स अथरिटी स्कटल्यान्डको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक प्रगति र अवसरबारे पनि जानकारी दिइने भएको छ । 

बुधबार साँझ काठमाडौंस्थित रेडिसन होटलमा आयोजना हुने उक्त कार्यक्रममा बेलायती राजदूत रब फेन प्रमुख अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएको छ । 

यस्तै, विशेष अतिथिका रूपमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थिति रहने आयोजकको भनाइ छ ।

आयोजकका अनुसार उक्त कार्यक्रममा व्यावसायिक शिक्षाको वर्तमान अवस्था, यसको भविष्य र विद्यार्थीहरूको शैक्षिक प्रगति  र अवसरहरू कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार १८:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया