राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज बस्दैछ । बुधबार शीर्ष नेताहरूको बैठक बसेर सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिएको शीर्ष नेताको बैठक फेरि बस्न लागेको हो ।

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।​

मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो । 

मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको थियो ।
 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार ८:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया