संसद् सञ्चालन गर्न दलहरूबीच दुईबुँदे सहमति, सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गरिने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संसद सञ्चालनको लागि दलहरूबीच दुईबुँदे सहमति भएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो । 

आजको छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासहित ती दलका प्रमुख सचेतक सहभागी थिए । 
 
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कांग्रेसका सभापति  शेरबहादुर देउवा, एमाले  अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच छलफल भएको हो । 
 
यस्तै नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत लगायत नेताहरू बैठकमा सहभागी रहेको उक्त छलफलमा सुन प्रकरण छानबिन गर्न आयोग गठनको सहमति जुटेको हो । 

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आज पनि दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १४:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया