logo-img

उच्चस्तरीय छानबिन आयोग गठनले अनुसन्धान प्रभावित हुन्छ : सांसद पौडेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारेमा चिन्ता व्यक्त गरेका हुन् । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि असोज ५ गते उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेसँगै उनले उच्चस्तरीय छानबिन समितिमाथि प्रश्न उठाए । 

उनले शीर्ष नेताहरुको बैठक बस्दा सुरुवात भएका प्रकरण आझेलमा पर्ने हुन् कि भन्ने चिन्ता नागरिकमा छाएको बताए । 

सांसद पौडेलले विभिन्न अनियमितता प्रकरणमा भएका अनुसन्धानको प्रतिवेदनदेखि प्रतिवेदनमा गएर अल्झिने र घटना रोक्ने काम नगर्न आग्रह गरे । 
 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १७:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया