logo-img

आधिकारिकरूपमा नेपाल भित्रियो जर्मनीको विलासी कार ‘अउडी’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जर्मनी विलासी कार ‘अउडी’ आधिकारिक रुपमा नेपाल भित्रिएको छ । शुक्रबार काठमाडौं आयोजित कार्यक्रम मार्फत ‘अउडी’ उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको जानकारी दिएको हो । 

काइरोस इन्टरनेसनल काठमाडौंले ‘अउडी’का विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल ल्याएको छ । 

सुरुवाती चरणमा काइरोसले ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको दुई भेरियन्ट ल्याएको छ। यो विद्युतीय ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोव रहेको छ । 

‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।‘अउडी’को विद्युतीय कार उत्कृष्ट विशेषता युक्त रेहको विश्वका विभिन्न देशमा ‘अउडी’को ई–ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाइन्छ । 

जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्र्याएको छ । 

सुरुमा २ मोडल भित्र्याएको कम्पनीले ‘अउडी’का अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध हुने गराउने छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ । 



काइरोसले उपलब्ध गराएको ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ ।  



  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १५:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया