logo-img

अरुण नदीको कटानले १७ घर पहिराेको उच्च जोखिममा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै, भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिरोका उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताए । बाढीले नदी किनार आसपास माटो कटान गर्न थालेपछि तटीय क्षेत्रमा रहेका ती घर बाढीको जोखिममा परेका हुन् । अध्यक्ष भोटेका अनुसार विस्थापित एक घरलाई सुरक्षित स्थानमा सारिएको छ । 

अरुण नदीबाट भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष भोटेले बताए । 







  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २०:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया