logo-img

चेल्सीलाई ३-० को सहज जीत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न तेस्रो चरणको पहिलो खेलमा चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ ।  रहीम स्टर्लिङको दुई गोल र निकोलस ज्याक्सनको एक गोलको मद्दतमा चेल्सीले ३–० को सहज जीत हासिल गरेको हो ।

सुरुवाती दुई खेलमा जित निकाल्न असफल चेल्सीले खेलको १७औँ मिनेटमा स्टर्लिङ्गको उत्कृष्ट एकल गोलमार्फत अग्रता लिएको थियो । ६८औँ मिनेटमा स्टर्लिङ्गले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मालो गुस्टोको पासमा बललाई गोल पोस्टको दिशा देखाउँदै स्टर्लिङ्गले दोस्रो गोल गरेका थिए । 

७५औँ मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । इंग्लिस प्रिमियर लिगमा शनिबार तेस्रो चरणका थप ६ खेल हुँदैछन् ।





  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार ७:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया