चर्किन थाल्यो धरानमा आन्दोलन [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरूले प्रदर्शन गरेका छन् । शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण र्‍याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरू तरहराको पानीपियामा आन्दोलित भएका हुन् ।

शुक्रबार मध्यरातिदेखि धरानमा निषेधाज्ञा जारी गरिएको छ । हिन्दु धर्मावलम्वीहरूको प्रदर्शनलाई निषेधाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौँ सर्वसाधारण सहभागी छन् । 

धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो । हिन्दु धर्मावलम्वीहरूले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्वीहरूले अर्को धर्मावलम्वीहरूको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यति बेला आन्दोलन चर्किँदै गएको छ । 

 





 

  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार १७:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया