नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुनः सञ्चालन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फी रुपमा सवारीसाधन चल्न थालेका हुन् । 

चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुलनजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै  सवारी आवागमन रोकी पहिरो पञ्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीनवटा मेसिन प्रयोग गरिएको थियो । 





  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार २१:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया