logo-img

खोलाले बगाएर बेपत्ता भएका आमा-छोराको शव फेला
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको छ ।

प्रहरीका अनुसार घाँसको भारी लिएर घर फर्कंदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने क्रममा तीन दिनअघि बगाएर बेपत्ता भएका छोरा २८ वर्षीय राजकुमार गोलेको शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको हो । 

५७ वर्षीया आमा मायाकुमारी गोलेको शव भने रौतहटको बागमती किनारमा आइतबार बिहान फेला परेको छ । ती आमाछोरा स्थानीय ब्रह्मठाकुर सामुदायिक वनको जंगलमा घाँस काटेर फर्किंदा खोलाले बगाएर बेपत्ता भएका थिए । 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार ९:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया