कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ : विप्लव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रगतिशील, कम्युनिस्टरू एक ठाउँमा आउनैपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका उनले परिस्थितिले पनि प्रगतिशील, कम्युनिस्ट एक ठाउँमा आउनैपर्ने बताएका हुन् । 

विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने बताए । उनले प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने बताए ।  

‘यहाँ एउटा नौलो खालको जमघट भएको छ । झापा विद्रोहदेखि सुरक्षाकर्मी संघसम्म, जनरलदेखि माओवादीका योद्धा, लडाकुसम्म । पिएलएका पनि यहाँ हुनुहुन्छ । हामी फुटेका पनि यहाँ जुटिसकेका छाैँ । मान्छे खुब रमाएका थिए, फुट्यौँ नि बल्ल खायौँ भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौँ भन्ने पनि,’ विप्लवले भने, ‘यहाँ झापा आन्दोलनदेखि नौलो जनवाद, समाजवाद ल्याउनका लागि जेलनेल झेल्दै आएका व्यक्तित्वहरू पनि हुनुहुन्छ । यहाँ नेपाल उभिएको जस्तो अनुभूति भएको छ । नेपाल दुईवटा छन् । एउटा नेपाल मालिकहरूको अगाडि नाग रकडेर बस्ने मान्छेहरू छन् । दुई कौडीको भीखको लागि देश बेच्न तयार हुने गद्दारहरू पनि छन् । लाचार मान्छेहरूको एउटा पंक्ति छ नेपालमा ।’ 

उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभइ सैन्य मोर्चा रहेको दाबी पनि गरे ।

‘एमसीसी केवल आर्थिक प्रोजेक्ट होइन । संस्थाको कुरा मात्रै होइन । एमसीसी सैन्य मोर्चा हो । यो नेपालको मोर्चा मात्रै होइन अन्तर्राष्ट्रिय मोर्चाको अंग पनि हो,’ विप्लवले भने ।

उनले नेपालमा राजनीतिक अन्तरविरोध फेरिएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरिकी साम्राज्यवादविरुद्ध रहेको बताए ।  





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार ७:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया