logo-img

सफ्टएड ग्रुपले विद्यार्थीलाई २ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सफ्टएड ग्रुपले २ करोड रुपैयाँ बराबरको ‘मेरिट बेस्ड आईटी छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । डिजी स्कुलका साझेदारहरूका लागि प्रविधिमा युवाहरूलाई प्रवर्द्धन र उत्प्रेरित गर्न यो छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको हो ।

टाइम्स हायर एजुकेशन वल्र्ड रर्याङ्किङ २०२३ अनुसार विश्वभर ५०१/६०० स्थानमा रहेको बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँग शैक्षिक साझेदारीमा सनवे कलेज

काठमाडौंमा एआइसहितको बीएससी (अनर्स) र कम्प्युटर साइन्सका कोर्सहरू नेपालमा एआई लिडरहरू सिर्जना गर्ने लक्ष्यका साथ सफ्टएड ग्रुपले  प्रदान गर्दछ ।

चार वर्षको स्नातक डिग्रीमा एक बर्षको प्रोफेशनल प्यालेसमेन्टको पनि व्यवस्था गरिएको छ । ‘एड टेकमा मा २२ वर्षभन्दा बढी अनुभवसँगै सफ्टएड समूहका कम्पनीहरू एआइ र डेटा साइन्सकोको पाठ्यक्रमको अनुसन्धान र विकासमा संयुक्तरूपमा काम गर्दै आएका छन्, ‘सफ्टएड समूहका निर्देशक प्रमोद पौडेल भन्छन्, ‘हामी विश्वस्त छौँ कि छात्रवृत्तिका यी अवसरहरूले आफ्नो शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई काठमाडौंमा ब्रिटिस डिग्री अध्ययन गर्न अझ राम्रो पहुँच प्रदान गर्न मद्दत गर्न सक्छ ।’

डिजी स्कुल पाठ्यक्रमहरूमा भाग लिने सबै विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्तिको विवरणहरू निम्न छन् : 

एक सय प्रतिशत छात्रवृत्ति



सिट : २

योग्यता : न्यूनतम् ३ दशमलव ८ जिपिए र त्यसपछि १ सय प्रतिशत छात्रवृत्तिका लागि अन्तर्वार्ता ।



५० प्रतिशत छात्रवृत्ति 

सिट : १० 

योग्यताः न्यूनतम् ३ दशमलव ५ जिपिए र त्यसपछि ५० प्रतिशत छात्रवृत्तिका लागि अन्तर्वार्ता ।

३० प्रतिशत छात्रवृत्ति

सिट : ८८ 

योग्यता : न्यूनतम् ३ जिपिए र त्यसपछि ३० प्रतिशत छात्रवृत्तिका लागि अन्तर्वार्ता ।

छात्रवृत्ति सिटको कुल संख्या : १ सय सिट

आवेदन दिने अन्तिम मिति : १७ सेप्टेम्बर २०२३

‘डिजी स्कुल पार्टनर्सले आफ्ना शिक्षक र विद्यार्थीलाई आइटीमा युके आधारित पाठ्यक्रमकासाथ दक्ष बनाउने सेवा दिइरहेका छन् र सफ्टएड ग्रुपले उनीहरूलाई यस छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न मद्दत गर्न एआई र र डेटा साइन्समा सीपहरू प्रदान गर्ने दृष्टिका साथ उनीहरूलाई यो छात्रवृत्ति विस्तार गर्न चाहन्छ,’ सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठ भन्छन्, ‘स्थानीय र विश्वव्यापीरूपमा बढ्दै गएका उद्योगहरूमा डाटा साइन्स र एआईका लागि विश्वव्यापीरूपमा व्यापक रोजगारीहरू छन् । यी रोजगारीका लागि तयार गराउने उद्देश्यले पाठ्यक्रमहरू तयार गरेका छौँ, जसले विद्यार्थीलाई ठूला करियरका अवसरका लागि सीपहरू प्रदान गर्दछ ।’

पाठ्यक्रमसँग सम्बन्धित विवरणहरूका लागि :

https://sunway.edu.np/program/artificial-intelligence/

छात्रवृत्तिका लागि आवेदन दिनका लागि :

https://sunway.edu.np/apply-for-scholarship/

  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार ११:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया