logo-img

एमसिसी खोरजीको माग गर्दै जनमोर्चाले गर्‍यो विरोध प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौंले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता कार्यान्वयनविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको शान्तिबाटिकामा एमसिसी खोरजीको माग गर्दै जनमोर्चाले विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसको बलमा नै एमसिसी पास भएको दाबी गरे । उनले एमसिसी कुनै पनि हालतमा बोक्न हुन्न भन्नेहरूले नै पास गर्न सहमति गरेको गुनासो गरे । 

उनले भने, ‘नेपालका शासकहरूले अमेरिकाको एमसिसीको षड्यन्त्रलाई स्वीकार गरेका छन् । नेपाली कांग्रेसले पास गर्न टुप्पोदेखि पैतालासम्मको बल लगायो । संसदभित्र रहेको बामपन्थीहरुले यो एमसिसी कुनै पनि हालतमा बोक्न हुन्न भने तिनैले पास गर्न सहयोग गरे।’



अध्यक्ष केसीले चीनलाई तह लगाउन उसँगको अन्तर विरोधलाई बढाउनको लागि नेपाललाई चीन विरोधी अखडा बनाउन अमेरिका घुस्न खोजेको टिप्पणी गरे ।  

उनले देशमा आज साम्राज्यवादीहरुले रजाइँ गर्न लागिरहेको अवस्थामा नेपालका राजनीति पार्टीहरू साम्राज्यवादीहरूको एजेन्डा कार्यान्वयन गर्न दौडिरहेको भन्दै भने,‘देशमा आज साम्राज्यवादीहरूले रजाइँ गर्न लागिरहेका छन् देशको प्राकृतिक सम्पत्तिमा दाइ हाल्न खोज्दै छन् । देशका राजनीति पार्टीहरू साम्राज्यवादीहरूको एजेन्डा कार्यान्वयन गर्न दौडिरहेका छन् ।’





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १८:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया