logo-img

सुडानी जनरल कमाण्डर भन्छन्- हामीलाई बाह्य हस्तक्षेप स्वीकार्य छैन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमान्डर अब्देल फताह अल बुर्हानले सुडानले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । शनिबार उहाँले जनता र सुडानी सेना बाह्य शक्तिलाई पराजित गर्न लागिपर्ने बताएका हुन् । 

बुर्हानले सेना र जनता विद्रोहलाई परास्त गर्न सहमत भएको बताउँदै आफूहरूलाई बाह्य शक्तिले निर्देशन दिएको कुरा मन नपर्ने बताए । 

उनले सुडानमा भएको घटनाले देशमा व्यावसायिक सेनाको आवश्यकता प्रमाणित भएको बताए । सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा एसएएफ र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ । जसमा ३ हजार बढी मानिसहरू मारिएका छन् भने ६ हजार बढी घाइते छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १४:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया