‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’को भूमिकामा छन् । पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताए । 

‘उहाँहरूलाई छायांकनपछि अहिले दृश्य हेरिरहँदा झनै बुझेको महसुस गरे । म भावुक भए किनकि उहाँहरू संघर्षशील हुनुहुन्छ,’ अभिनेता कार्कीले भने, ‘म राम्रै मैथली बोल्छु । त्यही कारण तराईको चरित्रलाई पर्दासम्म ल्याउन कठिनाइ भने भएन । यद्यपि, हामीले सबैले सहजै बुझ्ने मैथली नेपाली लवजको प्रयोग गरेका छौँ ।’

अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देश्यले यो कथामा चलचित्र बनाउन आफ्नो कम्पनीलाई प्रेरित गरेको बताइन् । उनले भनिन्,‘हामीले हाम्रो मौलिकतालाई अगाडि ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ । यद्यपि चलचित्र हेर्ने दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ ।’

यौनिक लैंगिक अल्पसंख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले बताइन् । उनले भनिन्, ‘लगातार हामीले निर्माण गरिरहेको चलचित्रमा यो फरक छ । प्रेम कथानकभन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।’ 

चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेलले पटकथा, राजेश श्रेष्ठले छायांकन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार २०:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया