logo-img

तेजाब तथा घातक रासायनिक पदार्थ नियमन नियमावली स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकारले, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली,२०८० स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
 
उनले भनिन्,‘आज बसेको मन्त्रिपरिषद्को बैठकमा तेजावतथाअन्य घातक रासायनिकपदार्थ (नियमन) नियमावली,२०८० लाई स्वीकृत गर्ने निणर्य भएको छ  ।’

साथै बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

साथै बैठकले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । 
 
मन्त्रिपरिषद् बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । त्यसैगरी, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

आजको मन्त्रिपरिषद् बैठकले पाँचवटा निणर्यहरु गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १८:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया