logo-img

आइसिसी महिला टी–ट्वान्टी : युएईले जित्यो उपाधि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युएईले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा थाइल्यान्डलाई ६ रनले हराउँदै यूएई च्याम्पियन बनेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो। युएईकी थीर्थ सतीशले सर्वाधिक २३ र रनिजा रजितले १० रनको योगदान दिइन् । 

थाइल्यान्डकी ओनिचा खम्चोम्पुले ३ तथा नट्य बुचथमले २ विकेट लिए। ७१ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १७ ओभर ५ बलमा ६४ रनमा अलआउट भयो। थाइल्यान्डका लागि नाथाकन चान्थमले सर्वाधिक २२ रन बनाइन्।



नान्नापाट खोंचा–रोएन–काइल १२ रनमा आउट भइन्। थाइल्यान्डका नौ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यूएईकी काभिषा कुमारी एगोडागेद र वैष्णव महेशले ३–३ विकेट लिए।

विजेता युएई र उपविजेता थाइल्यान्डले यसअघि नै आगमी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका थिए।



नेपाल भने सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो।समूह चरणमा युएईसँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल समूह उपविजेतामा सीमित बनेको थियो।



  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १९:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया