logo-img

कुमारीपाटीमा राइट एण्ड एसोसिएट कन्सल्टेन्सीको नयाँ शाखा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राइट एण्ड एसोसिएट कन्सल्टेन्सीले आफ्नो स्थापनाकालको २३औँ वार्षिकोत्सवको अवसरमा ललितपुरस्थित कुमारीपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

राइट एण्ड एसोसिएट कन्सल्टेन्सीले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतबार शाखा उद्घाटन गरेको हो । इन्टरनेसनल एजुकेसन रिप्रेजेन्टेटिभस् इनिसिएटिभ नेपाल (आइरिन)का अध्यक्ष हेमन्त भट्टराईको प्रमुख आतिथ्यमा नयाँ शाखा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राइट एण्ड एसोसिएट नेपालका रिजनल म्यानेजर देवेन्द्रराज रेग्मीले स्वागत मन्तव्य राखेका थिए । 

राइट एण्ड एसोसिएटको काठमाडौं, चितवन, पोखरा, बुटवल, बर्दघाट, कावासोती र ललितपुर गरी सात ठाउँमा कार्यालय रहेका छन् । 

त्यस्तै अष्ट्रेलियामा सिड्नी सिबिडी, क्यानबेरा,  रक्डेल र एडिलेइडमा शाखा कार्यालय रहेका छन् ।



उक्त समारोहमा एडिलेइड र  कुमारीपाटी शाखाका डाइरेक्टर आभाष थापाले अन्य शाखासरह नै गुणस्तरीय शैक्षिक परामर्श, डकुमेन्टेसन गाइडलाइन र टेस्ट प्रिपेसनको तयारी कक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

राइट एण्ड एसोसिएटले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, आयरल्यान्ड र न्युजिल्याण्डलगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।



शाखा कार्यालय समुद्घाटन समारोहमा आइरिनका अध्यक्ष भट्टराई, नायरका संस्थापक अध्यक्ष नारायण बजाज, नायरका निवर्तमान अध्यक्ष विज्ञान श्रेष्ठ, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइडिपी आइल्सकी मार्केटिङ मेनेजर महिमा राणालगायत शैक्षिक परामर्श व्यवसायीको उपस्थिति थियो ।

  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १६:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया