देशमा सुशासनको अवस्था कमजोर : सभापति खतिवडा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन् । 

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताले सरकारबाट अपेक्षा गरेजस्तो काम गर्न नसकेको बताएका हुन् । 

‘देशमा सुशासनको अवस्था कमजोर छ । सरकार बनेकोमा मान्छेहरुले ठूलो आकांक्षा राखेका छन् । त्यो अपेक्षाअनुसारको काम गर्न सकेको छैनौँ । सरकारले पनि गर्न सकेको छैन । जहिले पनि राजनीतिक पार्टीहरु एक आपसको मुद्दामा आफैँ झगडा गरेर मात्र बस्ने, जनतालाई दिन नसक्ने पद्धतिले जनतामा निराशा उत्पन्न गरेको छ ।’ 

आत्महत्यालाई नियन्त्रण गर्नका लागि सरकारी स्तरबाट मात्रै नभई सबै क्षेत्रबाट नयाँ आयामको खोजी हुनुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १७:३६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया