हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको संख्या बढ्दै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको संख्या बढेको छ । गत १८ वैशाखपछि चीन सरकारले हिल्सा नाका दुईतर्फीरूपमा सञ्चालनमा ल्याएपछि सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको संख्या बढेको हो ।  

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कोरोनापछि नेपालगञ्जदेखि हवाई मार्गबाट आएका ११० जना पर्यटकले हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गरेको जानकारी दिए ।  

यस वर्षको पहिलो समूहले असार दोस्रो हप्तादेखि मानसरोवर कैलाशको दर्शन गरेको थियो । हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकमा ३९ जना एनआरएन रहेको र ७५ जना तेस्रो देशका रहेको डिएसपी भट्टराईले बताए । दर्शन गर्ने पर्यटकमध्ये ६ जनाले भने लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको उनले बताए । 

हिल्साका होटल व्यवसायी कार्मा तुण्डुप लामाले भने हिल्सा नाका खोले पनि सन्तोषजनकरूपमा पर्यटकको आगमन नभएको बताए । उनले यसो हुनुमा मुख्य गरी चीनले भारतीय धार्मिक पर्यटकलाई नछोडेका कारण पर्यटकको संख्यामा कमी देखिएको बताए । 

यद्यपि सिमकोट र हिल्साका होटल व्यवसायीलाई थोरै भए पनि राहत भने मिलेको छ । कोरोनायता हिल्सा नाका चीनले बन्द गरेको थियो ।    
 





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार ७:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया