logo-img

विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द्व निम्त्याउने कोसिस : नेता सिंह

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंहले,  विदेशी शक्तिको आडमा देशमा धार्मिक द्वन्द्व निम्त्याउने कोसिस भइरहेको आरोप लगाएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी शक्तिको आडमा देशमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै त्यसविरुद्ध एकजुट भएर लाग्ने बताए ।

उनले देशमा जसको रगत बगे पनि नेपाली रगत नै बग्ने र रमाइलो विदेशी दलालहरुलाई हुने भन्दै हिजो जसरी मिलेर बसेका थियौँ भोलि पनि त्यसरी नै बस्नुपर्ने बताए।

उनले भने, ‘विदेशी शक्तिको बलबाट षड्यन्त्र गरिरहेको छ । हिन्दु धर्मलाई खलबलाउनको लागि अब नेपालका सबै हिन्दु परिवारले यसलाई सचेत गराउनेछ। देशमा जति नै लडाइँ भए पनि यहाँ जसको रगत बगे पनि नेपालीको नै बग्ने हो रमाइलो त विदेशी दलाललाई हुन्छ, त्यसकारण यो दिन आउनुहुँदैन । हिजो जसरी हामी एउटा परिवारको रुपमा थियौँ, भोलि पनि होस् ।’

उनले धार्मिक र जातित्वको कुनै पनि द्वन्द्व देशमा नचाहेको पनि बताए । उनले भने, ‘हामी यो देशमा धार्मिक र जातित्वको कुनै पनि द्वन्द्व यो देशमा चाहदैनौँ, हामी अहिलेसम्म टिकेका छौँ । हामी सबै हिन्दु नेपालीले गौमातालाई आमाको नाममा पूजा गर्छौं, संरक्षण गर्छौं । त्यसलाई कसैले प्रभाव पार्छ भने नेपालको संविधानमा जुन यो गणतन्त्रवादीहरुले बनाएको संविधान छ, कानुनअनुसार कारबाही गर्नुस् ।’

२७ गते भृकुटीमण्डपमा धर्म रक्षाको लागि हुने आन्दोलन हुने उनले बताए ।





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार २१:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया