बलात्कार मुद्दामा ‘सिद्धबाबा’ले पाए सफाइ, अभियोग दाबी नपुगेको फैसला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको छ ।  सुनसरीको चतराधामका धर्मगुरु गिरीले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक महिलाले जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेकी थिइन् । 

जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट गिरीलाई सफाइ दिएको हो । अदालतले अभियोग दाबी नपुगेको फैसला गरेको सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोखरेलले बताए ।
 
यसअघि गिरीले ०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका थिए । तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई सफाइ दिएको थियो । उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पुनर्विचार गर्न भन्दै जिल्लामा मुद्दा फर्काएको थियो । 

आफूलाई पीडित दाबी गरेकी महिलाले ०७६ कात्तिक ४ गते राति सिद्धबाबाले जबरजस्ती करणी गरेको दाबी गर्दै ०७६ मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । 





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार २१:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया