logo-img

उपत्यकाका यी ठाउँमा हुँदैछ तीन दिनसम्म विद्युत् सेवा अवरुद्ध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं र ललितपुरका केही ठाउँमा शुक्रबारदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ। शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्नेछ । 

त्यसैगरी ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने भएको छ ।
 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार ९:३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया