सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ ।   

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतीले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतीले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

शर्मामाथि संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेको थिएन । न्याय परिषद्को गत १० भदौमा बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् । 
 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १५:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया