logo-img

देवेन्द्र पौडेलको दाबी- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ऐतिहासिक हुनेछ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण ऐतिहासिक हुने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको राष्ट्रियतालाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूलाई पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरेका हुन् । 

‘हाम्रो देशको राष्ट्रियतालाई पनि ख्यालमा राख्दै अरू छिमेकी राष्ट्र र मित्र राष्ट्रहरूलाई पनि सन्तुलित सम्बन्धमा राख्नको लागि चिनियाँ पक्षसँग यसपालिको भ्रमणको बेला महत्वपूर्ण विषयमा छलफल हुनेछ,’ पौडेलले भने, ‘खासगरी व्यापार दुई देशबीचका साझेदारी सम्बन्ध गम्भीर छलफल भएर निर्णय हुने देखिन्छ ।’ 
उनले चीनसँगको सम्बन्ध पारस्परिक, मैत्रीपूर्ण, सुमधुर, व्यवस्थित र देशको राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने प्रकृतिको हुन आवश्यक भएको पनि बताए । 

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा केही क्षेत्रका नाका खोल्ने, व्यापारसँग सम्बन्धित विषय, ठूला–ठूला परियोजनाका बारेमा २० बुँदे हस्ताक्षर भएको भन्दै चीनले नेपाललाई स्थल, जल र मनबाट संसारका मानव जातिबीच सम्बन्ध विस्तार गर्ने ढोकाको रूपमा बुझेको पनि पौडेलले बताए । 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १७:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया