logo-img

केएमसीले पायो उत्कृष्ट कलेजको सम्मान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं मोडेल कलेज (केएमसी)ले उत्कृष्ट कलेजको सम्मान पाएको छ । केएमसीले नेपालभरका निजी कलेजहरूमध्येबाट उत्कृष्ट कलेजका रूपमा सम्मान पाएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उक्त कलेजलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा केएमसीसँगै अन्य दुई वटा कलेजहरू पनि सम्मानित भएका छन् । उच्चशिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका देशभरका कलेजहरूमध्ये यस वर्ष तीन वटा कलेजहरू सम्मानित भएका हुन् । 



सम्मानित हुने कलेजहरूमा निजी कलेजहरूमध्येबाट काठमाडौं मोडेल कलेजसँगै सरकारी आङ्‍गिक कलेजहरूमध्येबाट पुल्चोक इन्जिनियरिङ क्याम्पस र सामुदायिक कलेजहरूमध्येबाट लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल उत्कृष्ट कलेजका रूपमा सम्मानित भएका हुन् । 





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार ११:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया