सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकसँग छलफल सुरु गरेको छ । आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि छलफल सुरु भएको हो ।
छलफलमा सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका छन् ।
यस्तै, आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी छन् ।
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । आज पनि सहमति जुट्न नसके आन्दोलन जारी राख्ने शिक्षकहरूको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।