logo-img

प्रधानमन्त्रीले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै छन् । 

प्रधानमन्त्री दाहालले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्ने तय भएको हो ।

दाहालले यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न राष्ट्रका प्रमुख एवं सरकारप्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तामा नेपालको पारस्परिक सहयोग र दिगो विकासका मुद्दामा छलफल थियो ।  

प्रधानमन्त्री न्युयोर्कबाट शुक्रबार चीन प्रस्थान कार्यतालिका छ । उनी १३ असोजमा स्वदेश फर्किनेछन् । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १०:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया